काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले सोमबार बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडांैमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाबाट आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको पाँच दशमलव २६ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा एन अमात्य एन्ड कं. चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ । संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा सुशीलकुमार अर्याल, रचना अधिकारी र अच्युतराज आचार्यलाई आगामी चार चार वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् ।
चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख रहेका फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालयमार्फत एक लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत बैकिङ्ग सेवा दिँदै आएको छ ।