काठमाडौं । आईसीएफसी फाइनान्सको सञ्चालक समितीको अध्यक्ष पदमा सुशीलकुमार अर्याल चयन भएका छन् । फाइनान्सको यही माघ २ गते बुधबार गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । फाइनान्सका अनुसार अर्याल फाइनान्सको २१औं वार्षिक साधारणसभाबाट संस्थापक सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए ।