काठमाडौं । डेल्टा अटो कर्पले देशभरका प्रमुख सहरहरूमा विभिन्न कार्यक्रमसहित भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन सम्पन्न गरको छ ।
चितवनको भरतपुर महानगरपालिकाको नारायणघाटमा टेस्टराइडको आयोजना गरी नारायणगढदेखि गोलाघाटसम्म स्कुटर र्याली, मकवानपुरको हेटौंडामा टेस्ट राइडको आयोजना गरी हेटौंडाबाट मकवानपुरगढीसम्म स्कुटर र्याली, तथा नवलपुरको गैंडाकोट, कावासोती, कास्की जिल्लाको पोखरा, बाग्लुङ्ग जिल्लाको बाग्लुङ्गजस्ता मुख्य सहरहरूमा टेस्टराइड, तथा पोखरादेखि धाम्पुससम्म स्कुटर ¥यालीको आयोजना गरिएको थियो । साथै, बुटवलमा टेस्टराइडका साथै बुटवलबाट लुम्बिनीसम्म स्कुटर र्यालीको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
डेल्टा समूहले यो अवधिमा ट्राफिक प्रहरीहरूको सहभागितामा विभिन्न कलेजहरूमा सचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गरेको थियो । यस्तै, कम्पनीले हालै हट डिल्स नामक उपभोक्ता योजना पनि ल्याएको थियो । सो योजनाअन्तर्गत भस्पा र अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै समत हजार पाँच सय रुपैयाँ छुटका साथ हुडी, स्कुटर कभर, हेलमेट र कि रिंगजस्ता आकर्षक उपहार प्राप्त गरेका थिए । साथै, तुरुन्त फाइनान्सको सुविधा र पुरानो स्कूटरसँग नयाँ स्कुटरको एक्सचेन्ज विकल्पले ग्राहकहरूको अनुभवलाई अझ स्मरणीय बनाएको थियो ।