काठमाडौं । आइतबार भएको प्रथम खो खो विश्वकप महिला तर्फको उपाधि भारतले जितेको छ । नेपाललाई पराजित गर्दै भारत बिजेता बनेको थियो । पहिलो पटक बिश्वकपमा फाइनलमा प्रवेश गरेको नेपाल उपविजेता बनेर चित्त बुझाउन सफल भयो ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा नेपाल भारतसँग ७८-४० ले पराजित भएको हो । महिलातर्फ नेपाल र भारत दुव‌ अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारत बिजयी भयो ।