काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकहरुलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र बुद्ध एयरबीच भएको उक्त सम्झौताअनुसार बुद्ध एयरले बैंकका ग्राहकलाई हवाइ टिकटहरुमा आठ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका ग्राहकले बुद्ध एयरको छुट प्राप्त गर्न बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।