काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन छ दशमलव ७८ अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पाँच दशमलव शुन्य आठ अंकले उकालो लागेर २६ सय १३ दशमलव शुन्य आठ अंकमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नैै सेन्सिटिभ इन्डेक्स पनि एक अंंकले उकालो लागेर चार सय ४० दशमलव १४ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ६९ हजार आठ सय ४० पटकको कारोबारमा एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम छ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ रुपंैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, सामुहिक लगानी कोष र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, उत्पादनमुलक र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् ।