गलकोट (बागलुङ) । नेपाल प्रेस युनियनले बुधबार यहाँ आयोजना गरेको पत्रकार भेटमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्री सिंहले समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने बताए । सरकार गठन गर्दा भएको सात बुँदे सम्झौता पालना भएको बताउँदै सिंहले अधिकारसम्पन्न बनाउन संविधान संशोधन गरिने उल्लेख गरे ।
उनले भने, “सरकारले नयाँ सहरी नीति २०८१ पास गरेर अघि बढेका छौँ, नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेछौँ, हामी जनचाहनाअनुसार काम गरिरहेका छौँ ।”