काठमाडौं । नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका ०३, नदीपुर, कास्कीस्थित नेपाल भारत मैत्री पुस्तकालयलाई सहजरूपमा सञ्चालन गर्न नेपाल–भारत मैत्री संघ, कास्कीलाई तीन लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मीन बहादुर गुरुङले संघका अध्यक्ष गोपाल धोजुलाई औपचारिकरूपमा हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नेल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समयसमयमा गर्दै आइरहेको छ । हाल बैंकले एक सय वटा शाखा, २२ एक्सटेन्सन काउन्टर, सात वटा प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २२ एटीएम र एउटा कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।