काठमाडौ । एमएडब्लु वृद्धिअन्तर्गत नेपालको अग्रणी ईभी ब्रान्ड सेरेसको ‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु भएको छ । कम्पनीका अनुसार आइतबारदेखि सुरु भएको यो क्याम्प बिहीबारसम्म नेपालभरका सबै सेरेस शोरूमहरूमा चल्नेछ । कम्पनीको काठमाडौं उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चार र उपत्यकाबाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरू रहेका छन् ।
यो पाँच दिने कार्यक्रमले ग्राहकहरूलाई विभिन्न विशेष अफर र सुविधाहरू प्रदान गर्ने जनाइएको छ । साथै, सेरेस ईभीहरूको अत्याधुनिक प्रविधि र पर्फर्मेन्स प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान गर्नेछ । सेरेसले नगद छुट, निःशुल्क सात किलोवाट चार्जर, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर र उत्कृष्ट एक्सचेन्ज मूल्य र बोनससहित विभिन्न अफरहरूका साथ इलेक्ट्रिक ड्राइभिङमा स्विच गर्ने आकर्षक मौका प्रदान गर्नेछ ।
लो मान्थाङभन्दा माथि चार हजार छ सय ६० मा अवस्थित चुनौतीपूर्ण कोरला पास पुग्ने पहिलो ईभी बन्दै सेरेसले नेपालमा विद्युतीय गतिशीलताको सीमालाई पुनःपरिभाषित गरिसकेको छ । यो उल्लेखनीय उपलब्धिले ब्रान्डको नवप्रवर्तन, स्थायित्व र पर्फर्मेन्सप्रति अटल प्रतिबद्धता प्रदर्शन गरेको छ । बलियो निर्माण र आफ्नो खण्डमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्सको साथ सेरेस ईभीहरू केवल सहरी यात्राको लागि मात्र नभई नेपालको विविधतापूर्ण भूभागमा पुग्न र तपाईंलाई अविस्मरणीय एडभेन्चरमा लैजान डिजाइन गरिएका छन् ।
‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले उन्नत विद्युतीय सवारी साधनहरू मात्र नभई निर्बाध र ग्राहक–केन्द्रित स्वामित्व अनुभव प्रदान गर्ने सेरेसको समर्पणमा प्रकाश पार्ने कम्पनीको दाबी छ । नवप्रवर्तन, कार्यसम्पादन र दिगोपनमा ध्यान केन्द्रित गर्दै सेरेस ईभीहरूले नेपालको द्रूतरूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा नयाँ मापदण्डहरू स्थापित गरिरहेका छन् । यो कार्यक्रमले सम्भावित ग्राहकहरूका लागि सेरेस ब्रान्डलाई परिभाषित गर्ने यसका उन्नत सुविधा र अनुपम लक्जरी अन्वेषण गर्न एक उत्तम प्लेटफर्म प्रदान गर्ने जनाइएको छ ।