काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दक्षिणकाली नगरपालिका– ७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–९ बस्ने ४५ वर्षीय सुदर्शन पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–१७ ग्वार्कोबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको प्रहरीले जानकारी दिएको छ ।