काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता प्रदान गरेको छ । आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजनाअनुरूप, आइतबार सोह्रखुट्टे, काठमाडौंस्थित मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरूका साथै कलेजका कर्मचारीहरू तथा शिक्षक वर्गलाई सेयर बजारको प्रारम्भिक शिक्षा, प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारिताको बारेमा जानकारी तथा साक्षरता प्रदान गराइएको छ ।
आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदानलगायत, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरूलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरूमा छुटलगायतका विविध कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्र्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।