काठमाडौं । इन्डियन एसोसिएसन अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्ड इन्डोस्किोपिक सर्जन (आईएजीइएस) र सोसाइटी अफ सर्जन्स अफ नेपाल (एसएसएन)को सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमा भइरहेको छ । यो सम्मेलन जनवरी ३० देखि फ्रेबुअरी २ सम्म नेपाल मेडिसिटी अस्पताल र हायात रिजेन्सी काठमाडौंमा चल्नेछ ।
सम्मेलनमा भारत तथा नेपालबाट दुई सयभन्दा बढी चिकित्सकहरूको सहभागिता रहेको छ । मिनिमल इन्भेसिभ सर्जरी, रोबोटिक सर्जरी र इन्डोस्कोपी क्षेत्रको विश्वव्यापी नवीनतम प्रगति, प्रवृत्ति र चुनौतीहरूबारे ज्ञान आदनप्रदान गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको आईएजीईएसका अध्यक्ष डा सुवास अग्रवालले बताए । विश्वभरका प्रख्यात विशेषज्ञहरू, नवप्रवर्तकहरू र सर्जनहरूको सहभागिता र ज्ञान आदानप्रदानले अत्याधुनिक अनुसन्धानमा सहकार्य गर्न र यस क्षेत्रमा विकासलाई बढावा दिन सहयोग पुग्ने डा अग्रवालले बताए ।
भारतबाट आएका चिकित्सकहरूले नेपाल मेडिसिटीमा हुने दूरवीन प्रविधिबाट गरिने जीआई सर्जरी खासगरी हर्निया/ल्याप्रोस्कोपिक कोन्डोप्लिकेसन, कोलोरेक्टल तथा पित्त थैली एपेन्डिक्सका जटिल शल्यक्रिया भारतकै स्तरमा रहेको भन्दै प्रशंसा गरेका थिए । हालसम्म नेपाल मेडिसिटीमा दुई वटै शल्यक्रिया युनिटबाट आठ हजारभन्दा बढी शल्यक्रिया दूरवीन प्रविधिबाट भएको एसएसनका पूर्व अध्यक्ष तथा मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा सुनिल कुमार शर्माले बताए ।
उनका अनुसार मेडिसिटीमा पित्तथैली एपेन्डिक्सबाहेक सिबिडी स्टोन, फन्डोप्लिकेसन कलेजो, पेट जिस्ट, कोलोन क्यान्सर, जीआई नियोप्लास्टिक केसहरू सबै ल्याप्रोस्कोपिक विधिबाट गरिन्छ । त्यस्तै, अन्य पेटको क्यान्सरहरूलाई पनि ल्याब असिस्टेन्ट सर्जरी गरिन्छ भने जिस्ट ट्युमरहरूको मिलन प्रविधि (एन्डोस्कोपिक र ल्याप्रोस्कोपिक)बाट निवारण गर्ने गरिन्छ । यहाँ ईआरसीपी, इन्डोस्कोपिक अल्ट्रासाउन्ड गरी क्यान्सर पत्ता लगाउने र यसलाई ट्युमर बोर्डमा छलफल गरी सम्पूर्ण क्यान्सरको उपचार गराइने उनले जानकारी दिए । त्यस्तै, शल्यक्रिया गर्नका लागि अनिवार्य फ्रोजन सेक्सन गरेर क्यान्सर उपचारमा कुनै सुविधाको कमी हुन नदिई शल्यक्रिया गरिन्छ ।