काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सोमवार पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालयको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर नरहेको बताएका छन् ।
उनले आफूले काठमाडौं निर्वाचन क्षेत्र नम्बर एकको नेतृत्व गरेदेखि नै सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिँदै आएको बताए । उनले संघ, प्रदेश र स्थानीय सरकार मिलेर अहिले पनि समुदायिक विद्यालयको भौतिक संरचना र गुणस्तर वृद्धिमा जोड दिइरहेको बताए ।
विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नेकुरामा सामुदायिक विद्यालयको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले सामुदायिक विद्यालयहरुे गुणस्तरीय शिक्षा दिनुका साथै अतिरिक्त क्रियाकलापमा पनि निजी क्षेत्र भन्दा कमजोर नरहेको बताए ।