काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको आठौँ चेम्बर एक्स्पोमा कजारिया टाइल्सप्रति अवलोकनकर्ताहरूले चासो देखाएका छन् ।
रमेश टाइल्स लिमिटेडले एक्स्पोमा एक आकर्षक स्टल बनाएको थियो । जहाँ नेपालमै उत्पादन भएका उच्च गुणस्तर र आकर्षक डिजाइनका टाइल्स प्रदर्शनमा राखिएका थिए । मजबुती, आकर्षक डिजाइन र अत्युत्तम गुणस्तरको लागि प्रख्यात कजारिया रमेश टाइल्स लिमिटेडका उत्पादनहरूमा दर्शकले विशेष चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कजारियाको स्टलसहित विभिन्न अन्य स्टलहरूको भ्रमण गरेका थिए । कजारिया रमेश टाइल्स लिमिटेडको टोलीले आफ्नो उत्पादनहरूका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।
रमेश कर्प र भारतको टाइल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेको छ । आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक पाँच दशमलव दुई लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीयरूपमा बढावा दिनुका साथै हजारौँ रोजगारीका अवसरहरू प्रदान गरेको कम्पनीले जनाएको छ ।