काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन ६९ दशमलव ८० अंकले उक्लिएको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने दुई दशमलव ४१ अंकले उकालो लागेर २७ सय ३० बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २३ अंकले उकालो लागेर चार सय ५९ दशमलव ६१ अंकमा पुगेको छ ।
धितोपत्र बजारमा आज तीन सय १९ पटकको कारोबारमा एक लाख ११ हजार नौं सय १८ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ३७ लाख ७० हजार तीन सय ४८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार पाँच सय ३८ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, जलबिद्युत र लगानी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।