काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १२ हजार चार सय ७० रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा निकै नै कम हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ५१ लाख ३० हजार पाँच सय ३० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई करोड २८ लाख ५० हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा २७ करोड १८ लाख ३२ हजार पाँच सय ८० रुपैयाँ निक्षेप संकलन गरी ४४ करोड ३७ लाख २३ हजार एक सय २० रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा एक करोड छ लाख ४५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले २४ करोड ६५ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी ४४ करोड २७ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड दुई लाख ६४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।