काठमाडौं महानगरपालिकाले भारतीय नागरिक अमित चौहानलाई एक वर्षदेखि जागिर लिएको खुलासा भएको छ । कामपाका पूर्वाधार तथा फोहोर व्यवस्थापन सल्लाहकार लम्सालले भारतको इन्दोर सहरको मोडलमा सफा सहर बनाउन उनलाई रोजगारी दिएको खुलेको छ। वडाअध्यक्षसहित करिब २० जनाको टोली इन्दोरमा अवलोकन भ्रमणपछि मेयर बालेन्द्र साहले सोही सहरका नागरिकलाई दिएका हुन ।
काठमाडौं महानगरपालिकाका सल्लाहकार सुनील लम्सालको पहुँच र पहलमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको कार्यकालमा चौहानलाई रोजगारी दिन सिफारिस भएको हो। त्यसको अनुमोदन तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्यकालमा मेयर बालेन्द्र साहले गरेको बुझिएको छ।
कुनै पनि विदेशीलाई नेपालमा रोजगारी दिँदा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । समाचार स्रोतका अनुसार कामपाले चौहानको श्रम स्वीकृति दिन आग्रह गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्र पठाएको थियो ।
‘फोहोर व्यवस्थपानमा नीतिगत सुधार र इन्दोर मोडालिटी लागू गराउन रोजगारी दिएका महानगर स्रोतको दाबी छ । काठमडौं महानगरलाई विदेशी नागरिकलाई नेपालको सरकारी निकायमा रोजगारी दिन के–के कानुनी प्रावधान छ भन्ने पनि जानकारी नभएको स्पष्ट देखिएको छ ।
एक जना भारतीयले नेपालको सडक सफा, फोहोर वर्गीकरण गर्ने, फोहोर ठेक्का लगाउने र मल बनाउनेलगायत सबै जिम्मेवारी दिँदा कर्मचारी अचम्मित भएका छन् । पछिल्लो समय मेयर पीएल सिंह, केशव स्थापित र विद्यासुन्दर शाक्य हुँदा पनि हुँदै आएका थिए। तर, मेयर साहले आफ्नै कर्मचारीलाई विश्वास नगरी विदेशीलाई जबरजस्ती रोजगारी दिइरहेका छन्।