काठमाडौं । नेपालमा सञ्चालनमा रहेका गैरनाफामूलक संस्था (एनजीयो।आईएनजीओ) को कारोबार सम्पति शुद्धिकरणको राडरमा पर्ने भएका छन् । गैर नाफामूलक संस्थाहरुले गरेको कारोबार सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को नकारात्मक सूची (ग्रे लिस्ट) मा नेपाल पर्ने लगभग निश्चित भएका बेला सकारकै निर्र्देशनमा गैरसरकारी संस्थाको नियामक निकाय समाज कल्याण परिषद्ले यससम्बन्धी नीतिगत व्यवस्था गर्न लागेको बुझिएको छ । नेपालमा बिभिन्न गैरनाफामूलक संस्थाहरुले गर्ने कारोबार,वित्तिय अनुशासनलगायतमा संस्थाको गतिविधि,वित्तीय कारोबार,वित्तीय अनुशासनलगायतमा एफएटीएफलगायत निकायले पनि प्रश्न उठाएका छन् । उक्त मस्यौदा कार्यान्वयनमा आएपछि त्यसपछि गैरनाफामूलक संस्थाबाट हुने वित्तीय कारोबार तथा पारदर्शितामा पनि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानून लागू हुनेछ ।