धनगढी । चितुवाको छालासहित कैलाली प्रहरीले डोटीको बोगटान गाउँपालिका–३ मेल्टाका २६ वर्षीय नरेश साउँदलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले साउँदलाई धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित देवसिंह बोहराको मिलनसार गेस्टहासबाट पक्राउ गरेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले खानतलासी गर्दा साउँदले लुकाएर राखेको स्थानबाट आठ फिट दुई इन्च लम्बाई र दुई फिट दुई इन्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको जानकारी गराए ।
प्रहरीका अनुसार थप अनुसन्धानका लागि चितुवाको छालासहित पक्राउ परेका साउँदलाई डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको छ ।