आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही फागुन २५ गते काठमाडौंको नक्सालस्थित आम्रपाली बैंकेटमा आफ्नो २७ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले करसहित नौ दशमलव ७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही फागुन १२ गते बुक क्लोज हुनेछ ।