काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मलेसियामा वैदेशिक रोजगार बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मलेसियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आयोजित ‘नेपाली आप्रवासी कामदारलाई लक्षित गरी वैदेशिक रोजगार बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम मलेसियाको क्वालालम्पुरमा सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेसियाका लागि नेपाली राजदूत डा नेत्रप्रसाद तिमल्सिना रहेका थिए । साथै, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, वैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारे । कम्पनीले अप्रवासी नेपालीहरूका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जानकारी दिएको छ ।
कम्पनीले हाल एक सय ३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा ३२ हजार अभिकर्तामार्फत देशभर र देशबाहिर रहेका नेपाली नागरिकहरूलाई जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको छ ।