काठमाडौं । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८८ लाख ५२ हजार पाँच सय १५ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ५८ लाख ७९ हजार नौ सय ५५ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १९ करोड ५९ लाख ५३ हजार सात सय १० रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा नौ अर्ब ४४ करोड १४ लाख २४ हजार दुई सय ८३ रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १३ करोड ७८ लाख ६८ हजार दुई सय ९८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४६ करोड ६० लाख ९२ हजार एक सय आठ रुपैयाँ व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव शून्य सात प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले आठ अर्ब ५६ करोड ८७ लाख २२ हजार ८० रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ११ करोड २० लाख ५५ हजार पाँच सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५६ करोड ९९ लाख ८० हजार दुई सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको संंस्थामा सात दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ३८ प्रतिशत रहेको थियो ।