काठमाडौँ । दुई तिहाइको बलियो सरकार भएकाले १७ महिना तोप हाने पनि अब सरकार नढल्ने सोमबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् ।
उनले अब १७ महिना म सरकार चलाउँछु भनेका छन । दुई तिहाइको बलियो सरकार भएकाले केही गरे पनि नढल्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार १७ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने जनाए ।
बलिया पार्टी मिलेर बलियो सरकार बनेकाले कुनै हल्लाको पछि नलागि ढुक्क भएर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबिच अहिले कुनै आशङ्का नभएको जिकिर गरे ।