काठमाडौं । सबैभन्दा ठूलो बाइक उत्सव स्पिड फेस्ट २०२५ हालै एलिस रिसेप्सन, बालुवाटारमा सम्पन्न भएको छ । गत शनिबार आयोजित यस इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्यान्डहरू द एलिमेन्ट्स र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुतिलगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए ।
सो फेस्टमा बजाजको एन २५० मोडल समेत लन्च गरिएको थियो, यसले इभेन्टमा थप आकर्षण थपेको कम्पनीले जनाएको छ । त्यसैगरी यस वर्षको स्पिड फेस्टमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा वितरित बजाज, केटीएम डुक र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहेको थियो । बजाज एन २५० को भव्य लन्च स्पिड फेस्ट २०२५ को प्रमुख आकर्षण बन्न सफल रह्यो । यो मोटरसाइकलमा पावर, आधुनिक प्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन रहेको छ ।
बजाज एन २५० मा २४ दशमलव पाँच पीएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल–कुल्ड इन्जिन समावेश गरिएको छ । यसमा डुअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अपग्रेडेड एग्जस्ट सिस्टम रहेको छ, जसले बाइकलाई थप स्टाइलिस र सुरक्षित बनाउँछ । बजाज एन २५० को लन्चले बाइकप्रेमीहरूलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकल अनुभव गर्ने अवसर पनि प्रदान गरेको थियो । स्पिड फेस्ट २०२५ ले मोटरसाइकल संस्कृति प्रवद्र्धन गर्न सफल भएको आयोजकहरूले बताएका छन् ।