काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा नौ लाख ८६ हजार नौ सय १९ रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ७७ लाख ८५ हजार दुई सय ७२ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ९३ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब चार करोड ८५ लाख १६ हजार चार सय ७६ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३१ करोड ६६ लाख ३० हजार आठ सय ४३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड आठ लाख पाँच सय ३८ रुपैयाँ व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९३ करोड ९७ लाख ३७ हजार सात सय २४ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २७ करोड ५१ लाख २९ हजार तीन सय ४२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ४२ लाख २२ हजार पाँच सय सात रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा सात दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।