काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालिले नेपालमा जेसीबी एनएक्सटी सिरिजका मेकानिकल एक्साभेटरहरू सार्वजनिक गरेको छ । कम्पनीले जेसीबी इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्साभेटरहरू नेपालमा लन्च गरेको हो ।
ललितपुरको झम्सिखेल स्थित द प्लाजा एक भब्य कार्यक्रमको आयोजना गरी कम्पनीले सो मेसिनको विशेष प्रदर्शनी समेत गरेको थिए । साथै, कार्यक्रममा जेसीबी एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवालको विशेष सहभागिता रहेको थियो ।
कम्पनीका अनुसार जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन् कार्यहरूमा प्रभावकारी कार्य गर्छ भने जेसीबी एनएक्सटी २२५ एलसीएम ट्रयाक्ड एक्साभेटरले उत्पादकत्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्छ । यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत् र सहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्नेछ ।
कार्यक्रममा एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवालले यी नयाँ एक्साभेटरहरूले नेपालको लागि भरपर्दो सेवामूलक नवप्रवर्तनहरू प्रदान गर्दै निर्माण उद्योगको दक्षता बढाउने बताए । त्यस्तै, जेसीबी इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टीले जेसिबीले सञ्चालन कार्यसम्पादनमा सुधार गर्न उन्नत प्रविधि र दिगो समाधानहरू प्रस्तुत गर्न जारी राख्ने बताए ।