काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनुपालन तथा एएमएल सिएफ्टी तालिम तथा सेमिनार सम्पन्न गरेको छ । कम्पनीका अनुसार यही फागुन १० गते बल्थली भिलेज रिसोर्ट, काभ्रेपलाञ्चोकमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरू, विभागीय प्रमुखहरू, तथा बाग्मति प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकाभित्रका शाखा प्रबन्धकहरू समेतको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएल सिएफ्टी तालिम तथा सेमिनारको आयोजन गरिएको हो ।
सो अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकहरूलाई अनुपालन तथा एएमएल सिएफ्टीको बारेमा विस्तृतरूपमा जानकारी गराए । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारबाही गर्दा कम्पनीका नियामक निकायहरूले दिएको निर्देशन त्यसैगरी ऐन नियम, कानुन र उच्च व्यवस्थापनबाट समय–समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकहरूलाई सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारबाहीमा सोलाई पूर्णरूपमा पालना गरी अगाडि बढ्न निर्देशन दिए ।
सोही अवसरमा प्रमुख कार्यकारी श्रेष्ठले सबै विभागीय प्रमुखमार्फत सबै विभागका कर्मचारीहरूलाई तथा प्रदेश प्रमुखमार्फत शाखाका सम्पूर्ण कर्मचारीहरूलाई दैनिकरूपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरूको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।