पोखरा । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडको नयाँ सञ्चालकमा यामबहादुर सुर्खाली चयन भएका छन् । अधिकृत पुँजी एक अर्ब आठ करोड रुपैयाँ, साधारण जगेडा कोष २४ करोड तथा कर्जा आठ अर्ब १३ करोड रुपैयाँ कायम रहेको यस वित्तीय संस्थाको यसअघिको सञ्चालक समितिमा राजकुमार गुरुङ अध्यक्ष तथा प्रतिक गुरुङ, तिलबहादुर गुरुङ, गंगा घले र अच्युत पौडेल सञ्चालक समिति सदस्य रहेका थिए ।
विगत २८ वर्षदेखि कास्की, चितवन, तनहुँ, स्याङ्जा, गोरखा, लमजुङ, रुपन्देही, बाँके, नवलपरासी, काठमाण्डौं एवं ललितपुरमा कुल २५ शाखा सञ्जालमार्फत् मुलुकमा वित्तीय सेवा प्रदान गर्दै आईरहेको पोखरा फाइनान्स लिमिटेड हाल नविनतम व्यवस्थापन र योजनाका साथ अघि बढेको छ ।
यस संस्थाले हालै कर्जाचुक्ता एवं नियमित गरेमा हर्जाना तथा व्याज रकममा समयावधिअनुसार क्रमशः १० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको पनि कामु कार्यकारी प्रमुख राजुमोहन भट्टराईले जानकारी दिएका छन् ।