काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ८/१२८ जीबी भेरिएन्ट नेपाली बजारमा ल्याउने भएको छ । यस रियलमी सी ६३ मा छ दशमलव ७४ को एचडी प्लस डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा रहेको छ ।
कम्पनीका अनुसार ४५ वाटको सुपरभोक चार्जर र ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई एक मिनेट चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिने छ । सात दशमलव ७४ मिमीको अल्ट्रा–स्लिम बडी रहेको रियलमी सि ६३ यस वर्गकै सबैभन्दा पातलो स्मार्टफोन हो । लेदर ब्लु र जेड ग्रिन रंगमा उपलब्ध यस स्मार्टफोनमा रहेको प्रिमियम भिगन लेदर फिनिसले फोनलाई आकर्षक मात्र होइन, टिकाउ समेत बनाएको छ । साथै, म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपल इफेक्ट पनि प्रदान गर्दछ । अक्टा–कोर चिपसेट भएको यो स्मार्टफोनमा आठ जीबीको डाइनामिक ¥याम र १२८ जीबीसम्मकोे स्टोरेज अप्सन रहेको छ । यसमा भएको एयर जेस्चर प्रविधिले प्रयोगकर्ताहरूलाई फोन नछोइकनै कल उठाउन वा सामाजिक सञ्जालमा ब्राउज गर्न सक्ने सुविधा प्रदान छ । थप सहजताका लागि डायनामिक बटनले सर्टकट उपलब्ध गराउँछ भने राइडिङ मोडले यात्रालाई थप सुरक्षित बनाउँछ ।
एआई नोइज रिडक्सन कल फिचरको माध्यमबाट रियलमी सि ६३ ले वरपरको आवाजलाई दबाएर नोइजी वातावरणमा पनि स्पष्ट र क्लियर कलको अनुभव दिन्छ । रियलमी सी ६३ लाई दीर्घकालीन प्रयोगको लागि विशेषरूपमा डिजाइन गरिएको छ । यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ । अप्टिमाइज्ड गेमिङ र प्रभावकारी मल्टिटास्किङको लागि रियलमी सि ६३ मा एआई बुस्ट प्रविधि रहेको छ भने स्मुथ बुस्ट प्रविधिले एपहरू छिटो लन्च गर्न र सहज रूपमा स्विच गर्न मद्दत गर्दछ । त्यस्तै, गेम बुस्टले गेमिङको स्टेबिलिटीमा १० प्रतिशतले सुधार गर्दै फ्रेम रेटलाई अझ स्थिर बनाउँछ ।
छ दशमलव ७४ इन्चको रियलमी सी६३ मा ९० हर्जको आई कम्फर्ट डिस्प्ले रहेकोले जीवन्त दृश्यहरू देख्न पाइनुका साथै आँखामा पनि कम स्ट्रेस पर्छ । उत्कृष्ट अडियो अनुभवका लागि दुई प्रतिशत क्षमताको अल्ट्रा बुम स्पिकर उपलब्ध रहेको छ ।