काठमाडौं । गोदरेज नेपालले आफ्ना डिलरहरूसँगको साझेदारी अझ मजबुत बनाउन पश्चिम नेपालमा एक डिलर मिट आयोजना गरेको छ । यस कार्यक्रममा कम्पनीले नवीनतम् उत्पादनहरूको प्रदर्शनी गर्दै बजार प्रवृत्ति र व्यावसायिक रणनीतिहरूमा छलफल गरेको थियो ।
कार्यक्रममा गोदरेज नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरू प्रस्तुत गरेका थिए । डिलरहरूले पनि व्यावसायिक अनुभव र चुनौतीहरूबारे अन्तर्क्रियात्मक सत्रहरूमा सहभागिता जनाए । फ्रिज, चेस्ट फ्रिजर, धुने मेसिन, एयर कन्डिसनर, एयर कुलर, माइक्रोवेभ ओभन र मेडिकल फ्रिजका साथै उत्पादनहरूको उच्च गुणस्तर, ऊर्जा–सक्षम प्रविधि र ग्राहक–मुखी डिजाइनबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो ।
गोदरेज नेपालका व्यापार इकाई प्रमुख, धर्मेन्द्र जोशीले यो कार्यक्रमले पश्चिम नेपालमा कम्पनीको डिलर नेटवर्क र ग्राहकसँगको विश्वासलाई अझ बलियो बनाउने मार्ग प्रशस्त गरेको बताए । कार्यक्रमको अन्त्यमा डिलरलाई सम्मान गर्दै रात्रिभोज र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।