काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको छ ।

२०७६ माघ २२ गते कलाधर देउजासहित एक सय ७५ जनालाई प्रतिवादी बनाई अख्तियारले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले २०८० फागुन ३ गते केहीलाई सफाइ र केहीलाई आंशिक सफाइ दिएको भन्दै अख्तियारले मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।