काठमाडौं । नेपाल फाइनान्सको स्वतन्त्र सञ्चालकमा रोजिना श्रेष्ठ नियुक्त भएकी छन् । फाइनान्सको यही फागुन १९ गते बसेको सञ्चालक समितिको तीन सय ९८ औँ बैठकले रिक्त रहेको सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो । फाइनान्सका अनुसार नवनियुक्त सञ्चालिका श्रेष्ठ काठमाडौंको नक्साल निवासी हुन् ।