काठमाडौं । ओम मोगाश्री फर्मास्युटिकल्सले फागुन २७ देखि साधारण सेयर (आईपीओ) को बिक्री खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्काशन गरिसकेको कम्पनीले हाल भने जारी पुँजी ६० करोडमध्ये ३० प्रतिशतका दरले हुन आउने एक सय रूपैयाँँ अंकित मूल्य कायम रहेको १८ करोड रूपैयाँँ बराबरको १८ लाख कित्ता साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये अहिले १५ करोड ७६ लाख रूपैयाँँ बराबरको १४ लाख ७६ हजार कित्ता सेयरको बिक्री खुल्ला गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य चैत्र तीन गतेसम्म कायम रहने छ ।