काठमाडौं । सिलिकन एजुकेसन नेटवर्कले नेपालमा छैठौं शाखा विस्तार गरेको छ । संस्थाले काठमाडौंको नयाँ बानेश्वरमा शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको मंगलबार एक कार्यक्रमका बीच क्युङडोङ विश्वविद्यालय ग्लोबलका अध्यक्ष प्रोफेसर डाक्टर जोन केलीले उद्घाटन गरेका थिए । कार्यक्रममा बानेश्वर शाखाका म्यानेजिङ डिरेक्टर सुयसराज कर्णिकारले नयाँ शाखाले विद्यार्थीहरूको समग्र शैक्षिक उत्कृष्टता र विकासलाई ध्यान दिने बताए । साथै, शिक्षण स्रोतलाई थप सशक्त बनाउने बताए । त्यसैगरी, सिलिकन एजुकेसन नेटवर्ककी आईईएलटीएस प्रशिक्षक तथा शैक्षिक परामर्शदाता श्रृष्टि कार्कीले नयाँ शाखाले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा लैजान संस्थाले ठूलो मद्दत गर्ने उल्लेख गरिन् ।
कार्यक्रममा क्युङडोङ विश्वविद्यालयका प्रतिनिधिहरूले यस शाखाले स्थानीय शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनीहरूले संस्थाले गुणस्तरीय सिकाइ अवसरहरू प्रदान गरेर विद्यार्थीहरूलाई उज्जवल भविष्यका लागि सक्षम बनाउने उल्लेख गरे । संस्थाले यसअघि राजधानीमा डिल्लीबजार, चाबहिल, जडिबुटी र राजधानीबाहिर बुटवल र दाङमा शाखा विस्तार गरेको थियो । संस्थाले निरन्तररूपमा आफ्नो गुणस्तर कायम राख्दै शैक्षिक नेतृत्व विकासमा केन्द्रित रहने प्रतिबद्धता जनाएको छ ।