वालिङ । एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई घरबाटै पक्राउ गरी कास्की प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
फागुन २ गते जबरजस्ती करणी मुद्दामा कास्की जिल्ला अदालतले गिरीलाई पक्राउको अनुमति दिएको प्रहरीको भनाई छ । प्रहरीले घटनाको प्रकृति भने खुलाएको छैन । कास्की जिल्ला अदालतबाट पक्राउ परेका गिरीलाई ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।