काठमाडौं । एनआईसी एसिया क्यापिटलले डायस्पोरा सेवा सञ्चालनमा ल्याएको छ । विगत लामो समयदेखि आफ्नो मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत विभिन्न कम्पनीलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको कम्पनीले सोही सेवालाई थप परिस्कृत गर्ने क्रममा ‘वान स्टेप सोलुसन’ सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अनुसार यो सेवा गैर–आवासीय नेपाली तथा नेपाल बाहिर बसेर गरी नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी/लगानीकर्ताहरू व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरू यस एनआईसी एसिया क्यापिटलमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त सेवाले लगानीकर्ताहरूलाई एकीकृतरूपमा वित्तीय, कानुनी र कम्पनी सञ्चालनको क्रममा आवश्यकताअनुसारको सम्पूर्ण सहयोग गर्छ । यो सेवा विशेषरूपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर–आवासीय नेपालीहरू र नेपाल बाहिर बसोबास गर्ने नेपालीलगायत विश्वभर छरिएर बसोबास गरिरहेका नेपालीहरूलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा सञ्चालन गर्नका लागि सहजीकरण गर्ने महत्वपूर्ण भूमिका निर्भाह गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।
डायस्पोरा खाता सेवाको मुख्य विशेषताहरूमा कम्पनी दर्ता, कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलन गरिदिने, इक्विटी लगानी, इक्विटी/उद्यम पुँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी सम्बन्धमा परामर्श दिने, निष्काशन तथा बिक्री प्रबन्धक, पुँजी संकलन र नियामक निकायले तोकेबमोजिमको कार्यसम्पादन गर्ने, वित्तीय विश्लेषण, कम्पनी मूल्यांकन, इक्विटी लगानी र व्यवसाय सञ्चालनमा आवश्यक परामर्श गर्ने आदि रहेका छन् ।
यसबाहेक संस्थापक समूहको सेयर बिक्री गर्न चाहने सम्बन्धित सेयरधनीहरूले क्यापिटलको वेभसाइटमा माग गरेबमोजिमको विवरण रीतपूर्वक भरेपश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्नेछ । कुनै पनि कम्पनीको संस्थापक समूहको सेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई सोको विवरण उपलब्ध गराएपश्चात् क्यापिटलले उक्त कम्पनीको सेयर खोजी दिने कार्य गर्नेछ ।