काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जनकपुरमा टाटाको नयाँ गाडीहरू सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा हालै सार्वजानिक भएका कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी जनकपुरमा सार्वजनिक गरेको हो । जनकपुरस्थित गिरिजा अटोमोबाइलमा सिप्रदी ट्रेडिङ्ग प्रालिका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान र मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीले ती गाडीहरू सार्वजानिक गरेका थिए । सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले जनकपुरमा टाटाको इभिहरू २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजार रूपैयाँसम्ममा खरिद गर्न सक्ने बताए ।
त्यस्तै, गिरिजा अटोमोवाइलस्का प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा इभिको बढी रेञ्ज भएको गाडीको आवश्यकता रहेको उल्लेख गर्दै अब कर्भ इभि र नेक्सन के३ ईभीले त्यो पूरा गरेको बताए । जनकपुरमा लन्च सकेर अब टाटाका नयाँ गाडीहरूको रिजनल लन्च वीरगञ्जमा हुन लागेको कम्पनीले जनाएको छ ।