काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीलाई लोकतन्त्र भित्र आफ्नो ठाउँ खोज्न सुझाव दिएका छन् ।
सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोषका कारण नै राजावादी सक्रिय भएको प्रचण्डको भनाइ छ । उनले राजावादी सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको आशंका व्यक्त गरका छन् । उनले देशभित्र र देशबाहिर व्यवस्था उल्ट्याउनका लागि चलखेल समेत भएको बताए ।
नेपालमा शान्ति प्रक्रिया मात्र नभई गणतन्त्रणको इतिहास समेत मौलिक र उदार रहेको बताउदै प्रचण्डले पूर्व राजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुने चेतावनी दिए ।