काठमाडौं । एडभेन्टस ड्राइभले काठमाडौंमा ‘एडभेन्टस ग्लोबल युनिभर्सिटी कनेक्ट नेपाल’ कार्यक्रमको आयोजना गरेको छ । हालै होटल हिल्टन नक्सालमा आयोजित सो कार्यक्रममा विभिन्न देशका ७० भन्दा बढी विश्वविद्यालय र कलेजका प्रतिनिधिहरू र एक सय २० भन्दा बढी शैक्षिक परामर्श व्यवसायीहरू सहभागी भएका थिए ।
कार्यक्रममा सहभागी विश्वविद्यालयका प्रतिनिधिहरूले नेपाली विद्यार्थीलाई दिइने सेवा सुविधाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा युकेका युनिभर्सिटी अफ सफोक, ग्लासगो कालेडोनियन युनिभर्सिटी, युनिभर्सिटी अफ सुन्डल्यान्ड र युनिभर्सिटी अफ लका प्रतिनिधि उपस्थित थिए । यी विश्वविद्यालयहरू उच्च शैक्षिक मापदण्ड, अनुसन्धान उत्कृष्टता र करियर उन्मुख कार्यक्रमहरूको लागि प्रसिद्ध छन् । यस्तै, अस्ट्रेलियाको सदर्न क्रस युनिभर्सिटी, कापलन बिजनेस स्कुल, एजुकेसन सेन्टर अफ अस्ट्रेलिया, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी र एडिलेड इन्स्टिच्युट अफ हायर एजुकेसनका प्रतिनिधिहरू पनि उपस्थित थिए । यी विश्वविद्यालयहरूले नवप्रवर्तनकारी शिक्षण पद्धति, उद्योग विस्तारमा विश्वव्यापीरूपमा मान्यता प्राप्त डिग्रीहरू प्रदान गर्ने गरेका छन् ।
कार्यक्रममा संयुक्त राज्य अमेरिकाबाट कन्कोर्डिया युनिभर्सिटी चिकागो र यङ्सटाउन स्टेट युनिभर्सिटीले व्यापार, इन्जिनियरिङ, स्वास्थ्य सेवा र सामाजिक विज्ञानमा बलियो शैक्षिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । यसले नेपाली विद्यार्थीहरूलाई अमेरिकामा उच्च शिक्षा प्राप्त गर्न महत्वपूर्ण अवसरहरू प्रदान जनाइएको छ । साथै, नाविटास (उत्तर अमेरिका), अक्सफोर्ड इन्टरनेसनल एजुकेसन ग्रुप, ग्लोबल एजुकेसन, ग्लोबल युनिभर्सिटी सिस्टम्स र रोबर्ट गार्डन युनिभर्सिटी इन्टरनेसनल कलेजजस्ता प्रसिद्ध विश्वव्यापी शिक्षा प्रदायक संस्थाहरू पनि कार्यक्रममा सहभागी थिए । यस कार्यक्रमले विश्वविद्यालय र भर्ना एजेन्सीहरूको बीचमा सहकार्य सुदृढ गर्ने र नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा पहुँचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकले जनाएको छ ।