काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकका अनुसार नवनियुक्त प्रमुख कार्यकारी घिमिरेको कार्यकाल यही वैशाख १० गतेबाट सुरु हुनेछ । घिमिरे हाल एनएमबी बैंकमा नै नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका छन् ।
बैंकका अनुसार हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले वैशाख ९ गतेसम्म कार्यकाल सम्हाल्नेछन् । यसबाहेक बैंकले हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर‘ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक ‘बैंक अफ दि इयर एसिया २०२१‘ को उपाधिबाट सम्मानित भएको बैंक हो । बैंकले हाल देशभर दुई सय दुई वटा शाखाहरू, एक सय ८७ एटीएमहरू र १० एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।