काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिको बुधबार बसेको बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी घिमिरेलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
टिकानिधि लोहनी संस्थाबाट बाहिरिएसँगै घिमिरे सीईओ बनेका हुन् । लोहनीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । फाइनान्सले फागुन २९ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको हो । फाइनान्सका नायब महाप्रबन्धक विनोदराज पौडेलले एक महिनाका लागि कामु सीईओको जिम्मेवारी पाएका छन् । उनले चैत महिनाभरि सीईओको जिम्मेवारी सम्हाल्ने फाइनान्सले जनाएको छ ।