काठमाडौं, शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक २१ दशमलव ६३ अंकले ओरालो लागेर २७ सय १४ दशमलव ८५ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ११ अंकले ओरालो लागेर चार सय ५४ दशमलव ९१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको ७९ हजार ३१ पटकको कारोबारमा एक करोड ३९ लाख ७४ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल कारोबार रकम छ अर्ब ८३ करोड ६६ लाख ४० हजार चार सय सात रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक उच्च बिन्दुले उकालो लागेको छ । यि बाहेक बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक भने उच्च बिन्दुले ओरालो लागेका छन् ।