काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (निष्क्रिय कर्जा) लगातार बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा दुई खर्ब ६७ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ छ । जुन कुल कर्जा प्रवाहको चार दशमलव ९२ प्रतिशत हो । बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५४ खर्ब ३३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ छ ।बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव १९ प्रतिशत विन्दु अर्थात् ७७ अर्ब ७० करोड ४६ लाख १९ हजार सात सय रुपैयाँ बढी हो । २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाले ५० खर्ब ८३ अर्ब ६५ करोड ९० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा निष्क्रिय कर्जा तीन दशमलव ७३ प्रतिशत अर्थात् एक खर्ब ८९ अर्ब ६२ करोड चार लाख रुपैयाँँ थियो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले २०८१ माघ मसान्तसम्म ४८ खर्ब १८ अर्ब ४४ करोड ७० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा चार दशमलव ७३ प्रतिशत अर्थात् दुई खर्ब २७ अर्ब ९१ करोड २५ लाख रुपैयाँँ खराब कर्जा देखिएको छ । जुन गत वर्ष माघ मसान्तको तुलनामा एक दशमलव एक अर्थात् ६४ अर्ब ८१ करोड ७६ लाख रुपैयाँ बढी हो । २०८० माघसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब ९२ अर्ब ९७ करोड ३० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६३ प्रतिशत अर्थात् एक खर्ब ६३ अर्ब नौ करोड ४९ लाख १९ हजार रुपैयाँ खराब कर्जा थियो । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले भने गत माघ मसान्तसम्म पाँच खर्ब १३ अर्ब ४३ करोड रुपैयाँँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ११ प्रतिशत अर्थात् २६ अर्ब २३ करोड ६२ लाख ७३ हजार रुपैयाँँ खराब कर्जा छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव पाँच प्रतिशत अर्थात् आठ अर्ब ३४ करोड ४२ लाख १० हजार पाँच सय रुपैयाँँ बढी हो । गत वर्ष माघसम्म विकास बैंकहरूले चार खर्ब ९५ अर्ब ६२ करोड ५० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६१ प्रतिशत अर्थात् १७ अर्ब ८९ करोड २० लाख ६२ हजार पाँच सय रुपैयाँँ खराब कर्जा थियो । फाइनान्स कम्पनीहरूले पनि २०८१ माघसम्म एक खर्ब एक अर्ब ५५ करोड ९० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा १२ दशमलव ८५ प्रतिशत अर्थात् १३ अर्ब पाँच करोड तीन लाख ३१ हजार पाँच सय रुपैयाँ खराब कर्जा छ । जुन एक वर्षअघिको तुलनामा तीन दशमलव ६७ प्रतिशत विन्दु अर्थात् चार अर्ब ३२ करोड ३७ लाख ३१ हजार रुपैयाँँ बढी हो । गत वर्ष माघसम्म फाइनान्स कम्पनीहरूले ९५ अर्ब छ करोड १० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा नौ दशमलव १८ प्रतिशत अर्थात् आठ अर्ब ७२ करोड ६५ लाख ९९ हजार आठ सय रुपैयाँँ खराब कर्जा थियो ।