काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाको केन्द्रीय कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाका अध्यक्ष राजकुमार गुरुङले वित्तीय संस्थाका सञ्चालक प्रतिक गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थापनाकालको २८ औँ वर्षसम्म आइपुग्दा संस्थाले ठूलो संख्यामा ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधासहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको काममा समेत सहभागी भई सामाजिक कार्यहरूलाई उच्च प्राथमिकता दिँदैअघि बढिरहेको जानकारी दिँदै वित्तीय संस्थाको यस निरन्तर यात्रामा सद्भाव र सहयोग गर्ने सम्पृ्र्ण ग्राहक, सेयरधनी, शुभचिन्तक एवं कर्मचारी तथा नियामक निकायप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।