काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए५६ फाईभजी स्मार्टफोनको प्रि–अर्डर घोषणा गरेको छ । कम्पनीका अनुसार २१ मार्चदेखि २४ मार्च २०२५ सम्म नयाँ ग्यालेक्सी ए५६ फाईभजी प्रि–अर्डर गरी उपभोक्ताहरुले विशेष अफरहरूको लाभ समेत उठाउन सक्नेछन् ।
यो फोन मात्र दुई हजार रुपैयाँ तिरेर प्रि–अर्डर गर्न सकिनेछ । ए५६ फाईभजी प्रि–अर्डर गर्ने ग्राहकहरूले सात हजार नौ सय ९९ रुपैयाँ मूल्य पर्ने ग्यालेक्सी फिट ३ मात्र तीन हजार नौ सय ९९ रुपैयाँमा पाउनेछन् । कम्पनीका अनुसार यो फोन १२/२५६ जिबी र ८/२५६ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ । यो फोनको मूल्य ७० हजार नौ सय ९९ रुपैयाँ र ६५ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । साथै, ‘सबकोफोन’ र ‘अकोस्टोर’ एपमार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी ए५६ फाईभजीमा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ । साथै यो फोन सामसङ इन्स्टाफाइनान्स सेवाअन्तर्गत शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई योजनामा पनि उपलब्ध छ । कम्पनीका अनुसार यो फोन मार्च २४ बाट बजारमा उपलब्ध हुनेछ । कम्पनीले ग्यालेक्सी ए५६ फाईभजी पहिलो पटक ‘अद्भूत बुद्धिमत्ता’ सहितको एआई अनुभव ल्याएको जनाएको छ ।