काठमाडौं । नेपालको डेरी उद्योगमा बलियो उपस्थिति बनाउँदै आएको डेलिश डेरिजले उपभोक्ताका लागि नयाँ स्वादिष्ट उत्पादनहरू बजारमा ल्याएको छ । कम्पनीले पूर्वप्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितिमा आयोजना गरेको एक कार्यक्रममा फ्लेवरयुक्त दूध र मिल्कसेकहरू सार्वजनिक गरेको छ । जसले स्वाद र पोषणको उत्तम संयोजन प्रदान गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका अनुसार फ्लेवरयुक्त दूधमा केसर र बदामको विशेष स्वाद समावेश गरिएको कम्पनीले जनाएको छ । जसले परम्परागत स्वादको अनुभूति गराउँछ । त्यस्तै मिल्कसेकहरू विभिन्न आकर्षक स्वादमा उपलब्ध छन्, जसमा हेजलनट चकलेट, बनाना हनी सिनामन, र कोल्डकफी प्रमुख छन् ।
सन् २०१८ मा स्थापना भएको डेलिश डेरिजले उच्च गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको छ । कम्पनीले स्थानीयरूपमा उत्पादित ताजा दूधलाई प्रयोग गरी प्राकृतिक सामग्रीहरू समावेश गरेर पोषणयुक्त उत्पादनहरू विकास गर्ने नीति अपनाएको छ ।
कम्पनीले हेजलनट चकलेट, बनाना हनी सिनामन, कोल्डकफी लगायतका नयाँ उत्पादन पनि बजारमा ल्याएकोे छ । डेलिश डेरिजले उत्पादन प्रक्रियामा उच्चस्तरीय हाइजिन र गुणस्तर मापदण्डहरू पालना गर्ने प्रतिबद्धता जनाएको छ । साथै कम्पनीले स्थानीय किसानहरूको आर्थिक वृद्धि र दिगो विकासलाई ध्यानमा राख्दै उत्पादन प्रणालीलाई सन्तुलित बनाउने लक्ष्य राखेको छ । कम्पनीले नेपाली डेरी संस्कृति समृद्ध बनाउँदै उपभोक्तालाई गुणस्तरीय तथा स्वादिष्ट उत्पादनहरू उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।