ओटावा । संयुक्त राज्य अमेरिकाको विशाल उत्तरी छिमेकीलाई अधिग्रहण गर्ने डोनाल्ड ट्रम्पको प्रयासलाई पराजित गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आइतबार अप्रिल २८ का लागि प्रारम्भिक चुनावको आह्वान गरेका छन् ।
पूर्वकेन्द्रीय बैंकर कार्नीलाई क्यानाडाको मध्यमार्गी लिबरल पार्टीले जस्टिन ट्रुडोलाई प्रधानमन्त्रीका रूपमा प्रतिस्थापन गर्न छनोट गरेको थियो तर उनले देशको व्यापक मतदाताको सामना कहिल्यै गरेका छैनन् ।
कार्नीले अक्टोबरभन्दा धेरै महिनाअघि संसदीय चुनाव ल्याएकाले अब त्यो परिवर्तन हुनेछ । उनले अमेरिकी राष्ट्रपति ट्रम्पबाट आउने व्यापार र सार्वभौमसत्ताका खतराहरू आफ्नो निर्वाचन अभियानको केन्द्रविन्दु हुने स्पष्ट पारेका छन् ।
‘मैले भर्खरै गभर्नर जनरललाई संसद् विघटन गर्न र अप्रिल २८ का लागि चुनाव घोषणा गर्न अनुरोध गरेको छु । उनले सहमति जनाएका छन् ।”
एक दशकदेखि सत्तामा रहेको लिबरल सरकार गहिरो अलोकप्रियतामा झरेको थियो तर कार्नीले क्यानाडाली देशभक्तिको लहरलाई नयाँ बहुमतमा पु¥याउने आशा गरिरहेको छ ।