काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सरकारले चन्द्रबहादुर थापालाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । त्यस्तै यसअघि बसेको मन्त्रिपरिषद् बैठककले बोर्डको कार्यकारी निर्देशकमा डा. राघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।