काठमाडौं । काठमाडौंको सुकेधारा हाइट्समा रहेको पाँचतारे ‘होटल मर्क्योर काठमाडौं’ले इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’ सुरु गरेको छ । सोप्रा इटालियानोको मेनुमा इटालियन ताजा पिज्जा, पास्ता तथा उत्कृष्ट इटालियन डिजर्ट समावेश गरिएको छ ।
परिकारहरूले सबै ग्राहकलाई इटालीको वास्तविक स्वाद पस्किने बताइएको छ । रेस्टुरेन्टको वातावरण परम्परागत इटालियन आकर्षणलाई आधुनिक सौन्दर्यसँग संयोजन गर्दै पारिवारिक जमघट, विशेष उत्सव तथा डिनरका लागि उपयुक्त बनाइएको होटलका महाप्रबन्धक विजय नन्मरन एसले बताए । नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलले उद्घाटन गरेको यो रेस्टुरेन्ट आउटलेट इटालियन खानाका पारखीहरूका लागि नयाँ र उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
व्यवसायी देशबन्धु बस्नेतको कम्पनी दि मेट्रोपोलिटन होटल प्रालिले तीन अर्ब रूपैयाँभन्दा बढी लगानीमा निर्माण गरेको १०४ वटा कोठा भएको ‘होटल मक्र्योर काठमाडौं’ युरोपियन हस्पिटालिटी ब्रान्ड मर्क्योरले व्यवस्थापन गरेको हो ।