काठमाडौं । नमस्ते पेले प्रयोगकर्ताहरूलाई अझ बढी सहजता र सहुलिएत प्रदान गर्ने उद्देश्यले विभिन्न सेवाहरूमा क्यासब्याक अफरहरू सुरू गरेको छ । यो अफर २८ फागुन २०८१ देखि ३१ वैशाख २०८२ सम्म उपलब्ध हुनेछ ।
यस अफरअन्तर्गत प्रयोगकर्ताहरूले नेपाल टेलिकम, एनसेल रिचार्ज र ल्यान्डलाइन बिल भुक्तानीमा दुई प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसबाहेक उडान टिकट खरिद गर्दा यात्रुहरूले प्रत्येक टिकटमा एक सय ५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने नेपाल विद्युत् प्राधिकरण बिल भुक्तानीमा कुनै सेवा शुल्क लाग्ने छैन ।
त्यसैगरी, पहिलोपटक कारोबार गर्ने प्रयोगकर्ताहरूलाई थप प्रोत्साहन गर्न, नमस्ते पेले विशेष क्यासब्याक अफरहरू ल्याएको छ । पहिलोपटक उडान टिकट बुक गर्ने प्रयोगकर्ताहरूले तीन सय रुपैयाँको क्यासब्याक प्राप्त गर्नेछन् भने पहिलोपटक रिचार्ज गर्ने वा बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूले पाँच प्रतिशत अर्थात् ५० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यसका साथै नमस्ते पेले फ्ल्यास अफर सुरु गरेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले प्रत्येक टप–अप र इन्टरनेट बिल भुक्तानीमा १० प्रतिशत अर्थात् ५० रुपैयाँसम्मको क्यासब्याक साथै विद्युत् प्राधिकरणको बिल भुक्तानीमा पाँच प्रतिशत अर्थात् ५० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्नेछन् ।
क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पेमार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जसअनुरूप ५००३ डायल गरेर नमस्ते प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्छन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानीजस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले युएसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्छन् ।